पुर्वाधार बिकास सँगै सँस्कारी अभियान जरुरी छ – क्षेत्री

धमाका संवाददाता
दैलेख भदौ ११
दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले पुर्वाधार बिकास सँगै अधिकारको वारेमा वकालत गर्ने विभिन्न नागरिक संस्थाहरुले सामाजिक सँस्कारको बाsosec 4रेमा अभियान थाल्नुपर्ने सुझाव दिएका छन् । सामाजिक सेवा केन्द्र सोसेकको १९ औं बार्षिक उत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै क्षत्रीले परम्परागत भेषभुषा, संस्कृति हराउँदै गएको छ , यो सँगै सँस्कार विर्सदै युवाहरु गतल बाटोमा लागेका छन् । अव नागरिक संस्थाहरुले त्यतातिर ध्यान दिन सके राम्रो हुने    बताए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्र.जि.अ. क्षेत्रीले सोसेकले दैलेख जिल्लामा पछि परेका जनताहरुको जीवनस्तर सुधारका लागि गरेका राम्रा कार्यहरुलाई थप प्रभावकारी र लक्षित समुदाय सम्म कार्यक्रम लागु गर्न सके अँझै सफल हुन सकिने सुझाव दिएका छन् । कुनै वर्ग, जाती, धर्म, लिंगका आधारमा हुने भेदभाव अन्त्यका लागि पहल सँगै दैवी प्रकोपमा परेकाहरुको सुरक्षा लगायतका कामहरुमा जिल्ला प्रशासनको समन्वयमा सँग सँगै काम गरेकोमा संस्थालाई धन्यवाद दिएका छन् ।

sosec 2जिल्लाका राजनीतिक दल, नागरिक समाजका प्रमुख प्रतिनिधिहरुले बार्षिक उत्सवको शुभकामना दिदै संस्था संचालन गर्ने व्यक्ति जुनसुकै राजनीतिमा समावेश भएपनि काम गर्ने तौर तरिकामा पारदर्शीता, निश्पक्षता हुनुपर्ने सुझाव दिएका छन् ।
संस्थाले गत बर्ष सम्पन्न गरेका बिभिन्न गतिविधिहरुको बारेमा जानकारी दिएको छ भने संस्थाको साँगठनीक प्रतिवेदन समेत पेशगरेको छ । बिभिन्न गैर सरकारी संस्थाहरुको सहयोगमा सामाजिक सेवा केन्द्र सोसेकले ६ करोड २१ लाख बढीको काम गत आवमा सम्पन्न गरेको जानकारी दिएको छ । संस्था संचालनमा देखिएका चुनौतीहरुको सामना गर्दै हालसम्म प्राप्त उपलब्धिलाई अँझै व्यवस्थित गर्नका लागि साधारण सभाबाट नयाँ नीति र कार्ययोजना तयार गरिने भएको छ । संस्थाका संस्थापक अध्यक्ष हिरासिंह थापाले नारायण नगरपालीका वार्ड नं. १ मा करिब ८ लाख बराबरको जग्गा समेत सोसेकको नाममा दान गरेका छन ।

दुई पत्रकार पुरस्कृत बिभिन्न व्यक्तिलाई सम्मान

दैलेखमा महिला र बालबालिकाको क्षेत्रमा कलम चलाएको भन्दै प्रस्तावित बाटु स्मृति प्रतिष्ठानले दुई जना पत्रकारहरुलाई प्रमाणपत्र सहित जनही रु १०,००१ ले पुरस्कृत गरेको छ । शनिबार जिविस हलमा आयोजित सोसेक नेपाल दैलेखको १९ औ वार्षिक उत्सव समारोहमा पुरस्कार वितरण गरिएको हो । महिला, दलित, पिछडिएका वर्ग, बालबालीकाका क्षेत्रमा सम्बन्धीत रही काम गरेको भन्दै दैलेखमा विगत २० बर्षदेखि पत्रकारीता गर्दै आएका उज्यालो नाइन्टी नेटवर्कका अमर सुनार र भारतको मुम्बइबाट दैनिक रुपमा प्रकाशित हुदै आएको नेपाल न्यूज दैनिकका पत्रकार शेर बहादुर थापा (दैनिक नेपाल डट.कम.का सम्वाददाता) लाई पुरस्कृत गरिएको छ । न्यूजकर्मी थापालाई शमशेर गणका गुल्मपति सुर्यकान्त घिमिरेले तथा सुनारलाई प्रतिष्ठानका अध्यक्ष हिरासिंह थापाले दोसल्ला सहित प्रमाणपत्र प्रदान गरेका छन् । संस्थाले संचालन गरेका विभिन्न गतिविधिहरु संचालनमा साथ दिएको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । प्रहरी प्रमुख वीर बहादुर वली, जिल्ला शिक्षा अधिकारी बिष्णु गोतामे, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लगायतलाई सम्मान गरिएको छ । संस्था भित्रका कर्मचारी पुस्कर थापा लगायत गाउँमा विभिन्न समुदायमा रहेर काम गरेका प्रमुखहरुलाई समेत सोसेकले सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार